Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ऐतिहासिक संक्राम ब्यारेक हस्तान्तरण हुने

तुलसीपुर, कार्तिक ३० ।

तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको ऐतिहासिक संक्राम ब्यारेक तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण हुने भएको छ।

तत्कालिन माओवादी शान्ती प्रक्रियामा आएपछि स्थापना भएको व्यारेकको पछिल्लो समय शसस्त्र प्रहरीले संरक्षण गर्दै आएको थियो । स्थानीय सरकार आएपछि त्यहाँबाट व्यारेक विस्थापन भएर उपमहानगरपालिकालाई सम्पूर्ण संरचना हस्तान्तरण गर्ने तयारी हुँदै आएको थियो ।

“हामी अन्तिम तयारीमा छौ केही दिनभित्र जिम्मेवारी लिने छौ ।” कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले बताए ।

उनले ब्यारेकलाई संग्रहालयका रुपमा विकसित गर्नुका साथै वृहत प्रकृतिको योजना निर्माणको लक्ष्य उपमहानगरले वनाएको जानकारी दिए । बिहीबार व्यारेकको अवलोकन गर्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि व्यारेक निकै उपयोगी भएको बताए ।

२० विगाहा बढी क्षेत्रफलमा फैलिएको ब्यारेकमा अहिले ६१ वटा विभिन्न खालका घर, १८ वटा शौचालय, ४ वटा पानी ट्याँकी लगायतका भौतिक संरचना रहेका छन् ।

ब्यारेक हस्तान्तरण भएपछि उपमहानगरपालिकाले स्थानीय जनतासँग सहकार्य गरेर वृहत प्रकृतिको योजना निर्माण गर्ने पनि डाँगीले बताए । उनले ऐतिहासिक घटनासँग जोडिएको ब्यारेक संरक्षणका लागि सबैले चासो दिनुपर्ने पनि बताए ।

उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यबहादुर डाँगीको नेतृत्वमा व्यारेकको अवलोकन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: