Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चे बाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ ।

आकर्षक भिडियोसहित गीत शिव दर्शन फिल्मस्को युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा बीबी थापाको शब्द तथा महेन्द्र भण्डारीको संगीत रहेको छ । विवाहको माहोल सृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दर्गिस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् ।

गायका खुमन र गायिका गायत्रीलाई भिडियोमा देख्न सकिन्छ ।

नृत्यका लागि थुप्रै कोरस कलाकारसमेत प्रयोग गरिएको भिडियोमा एक केटाले बिबाह समारोहमा केटी पट्याउन गरेको संघर्ष कथाको रुपमा प्रस्तुत छ । अहिले बजारमा आएका भन्दा केही भिन्न रहेको भिडियोमा द७३घढसर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ । भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: