‘जात्रै जात्रा’को टिजर सार्वजनिक हुन नपाउँदै प्रदर्शनका लागि सम्झौता

अष्ट्रेलियामा प्रर्दशन गर्न बिक्री भयो ‘जात्रै जात्रा

नेपाली चलचित्र ‘जात्रै–जात्रा’ को टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ ।

चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको हो ।

हो र होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले ‘जात्रै जात्रा’को सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिर्पोट हेरेर ‘जात्रै जात्रा’ अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  प्रियंका आमा बनिन्

पहिलो नेपाली चलचित्रले दर्शकको मन जितेको र ‘जात्रै जात्रा’को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले चलचित्र प्रर्दशनका लागि ३५ लाख रुपैँया लगानी गरेको उनको भनाई छ ।

निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँका अनुसार अन्य देश हरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको बताएका छन् ।

याे पनि पढ्नुस  चलचित्र 'रामकहानी' हेर्न एकसाथ पुगे रेखा र भुवन

यस्तै, ब्राण्डहरु संगको सहकार्य र विदेश राईटको बिक्री आँकलन गर्दा हेर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ । हाल अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठुलो प्रतिफल दिने देशमा गनिन्छ । त्यसपछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् ।

निर्देशक भट्टराईको अघिल्लो फिल्म जात्राले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म ‘शत्रु गते’ले सिड्नीमा मात्र १७ शो र अष्ट्रेलिया भर ४० भन्दा बढी हाउसफुल शो गर्न सफल भएको थियो ।

याे पनि पढ्नुस  चलचित्र ‘सिन्दूर’ चाइनिज च्यानलमा यसरी भयो प्रसारण

षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्मित ‘जात्रै–जात्रा’ यही आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदै छ । चलचित्रमा रविन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।

कमेन्ट गर्नुहोस्