Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पेस्तोलसहित एक पक्राउ

परासी, कात्तिक ३० ।

पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पाल्हीनन्दन–३ बेलाशपुरबाट गएराति इलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले मेलु मुसलमान भन्ने जमालुद्दिन नाउलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा नाउको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएपछि उनलाई नियन्त्रणमा लिएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार सोधपुछ भइरहेकाले थप विवरण आउन बाँकी छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: