Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रामजी खाण र नीरू श्रीष मगरको लोकदोहोरी गीत ‘बत्ती बालेझै’ सार्वजनिक (भिडियोसहित)

राजु बोहरा

नेपाली लोकगीत संगीतको बजारमा बिभिन्न गीतहरु आउने क्रममा बहुचर्चित गायक रामजी खाण र गायिका नीरू श्रीष मगर अत्यन्तैको कर्णप्रिय लोकदोहोरी गीत ‘बत्ती बालेझै’ सार्वजनिक भएको छ ।

घनश्याम रिजालको शब्द तथा रामजी खाणको लयमा रहेको गीतमा गायक खाण र नीरू श्रीषको नै सुमधुर आवाज रहेको छ । अहिलेका व्यस्त निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई करन चैंसिरको छायांकन तथा प्रबीन भट्टले सम्पादन गरेका छन् ।

गायक तथा मोडल राम्जी खाण, करिश्मा ढकाल, सरिश्मा मगर र रितु तामाङलाई यस गीतको म्युजिक भिडियोमा आकर्षक नृत्य सहितको अभिनयमा देख्न सकिन्छ ।

ग्यालेक्सी म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियोलाई ग्यालेक्सी म्यूजिक नेपालको आफिसियल युट्यूब च्यानाला मार्फत सार्वजनिक गरिएको छ ।

फुलले तिम्लाई के भन्छ,
म भन्दा राम्री छे भन्छ

मान्छे राम्री छेउ बत्ती बाले झै,
बोली झनै मिठो चीनी हाले झै ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: