Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शुक्रबारदेखि खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

दार्चुला, कात्तिक ३० ।

भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।

धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नोबेम्बर १८ (कात्तिक २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथोरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुँदैछ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

निर्वाचनलाई लक्षित गरी आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म धार्चुला उक्त निर्वाचनलाई मध्यनजगर गरी पुल बन्द हुने भएको हो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: