सुदूरपश्चिमका नवनियुक्त सामाजिक मन्त्री बेल्चा बोकेर भालु खोलामा !

अत्तरिया, कार्तिक ३० ।

सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्ण सुवेदी आफैं सडक निर्माणमा जुटेका छन् । उनी शुक्रबार बिहानै सडक निर्माणमा जुटेका हुन् ।

जिल्लाको गोदावरी नगरपालिका-४ भालुखोलामा निर्माणाधिन पुल नजिकै रहेको नदीमा अर्को अस्थायी बाटो निर्माणका लागि बेल्चा चलाउँदै मन्त्री सुवेदी शुक्रबार बिहानै निर्माणमा जुटेका हुन् ।

याे पनि पढ्नुस  सुदुरपश्चिमका एक्ला प्रतियोगी रवि वड बिहीबार टप १० प्रवेशका लागि प्रतिस्पर्धा गर्दै

भालुखोलामा निर्माणाधिन पुलको सम्झौता अवधि सकिएको छ । तर, पुलको पिलरको कामसमेत पूरा भएको छैन् । ठेकेदार कम्पनीको चरम लापरबाहिका कारण उक्त पुलको काम पूरा हुन नसकेको हो ।

१ करोड ७१ लाख २ हजार ५ सय रुपैयाँमा पुल निर्माणका लागि २०७३ साल फागुन ६ गते ठेक्का सम्झौता भई २०७५ जेठ ३ गते सक्ने सम्झौता सकिएको छ । सम्झौता अबधि सकिएर ६ महिना नाघि सक्दा पनि पुल निर्माणको काम अलपत्र रहेको छ । गोदावरी न्युजबाट

कमेन्ट गर्नुहोस्