Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साहित्य सिर्जनाः भिख मागे सरि माया पाइन्नझै लाग्न थाल्यो !

विद्या भण्डारी

पुग्यो अब तिम्रो साथ चाहिन्नझैं लाग्न थाल्यो
भिख मागे सरि माया पाइन्नझैं लाग्न थाल्यो ।

थोरै मात्र समय पनि, मेरो लागि हुन्न भने
जबरजस्ति भयो माया, नगरुझै लाग्न थाल्यो ।

ख्याल–ख्यालमै बसि गयो, कति मिठो पिरति यो
त्यो अनुहार लुकीलुकी, नहेरुझै लाग्न थाल्यो ।

मन रुन्थ्यो आसु झर्थ्यो, ती हातले पुछिदिने
देखावटी माया रैछ पुग्यो, नगरुझैं लाग्न थाल्यो ।

फेसबुकबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: