Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्तो छ राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यको वास्तविक कथा

आफ्नो क्षमताले जसले जहाँसुकै जस्तो नियुक्ति पाए पनि टाउको दुखाइ हुनुहुँदैन

विमल पोखरेल । अञ्जान शाक्यलाई मैले चिनेको एउटा गीतका कारण हो, जुन गीत रेडियो नेपालमा दैनिकजसो बज्ने गर्दथ्यो । मलाई त्यो गीत कण्ठस्त थियो- ‘यो मन्दिर, मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सधै आफू भन्दा’ पछि मैले बुझ्दै गएँ । उनले नेपाल टेलिभिजनमा समाचार वाचन गर्थिन् । पद्मकन्या क्याम्पसकी अध्यापक पनि हुन् ।

                               बिमल पोखरेल

उनी व्यवस्थापनमा पीएचडी समेत गरेकी महिला हुन् । अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा काम गरेकी पनि छिन् । त्यसैले राजदूत सिफारिस भइन् होला ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ससुराली काठमाडौं हो भने अञ्जान शाक्य संखुवासभाकी हुन् । भए जतिका शाक्य केपी ओलीका ससुराली हुने भए बेग्लै कुरा हो नत्र उनी केपी ओलीको साली होइनन् ।

कसैलाई कुनै पुरुषसित जोडेर बद्नाम गर्ने प्रयत्न गरिन्छ भने त्यो समाजको पाखण्ड प्रदर्शनबाहेक अरु केही हुन सक्दैन । फेसबुकका वालहरुमा अञ्जान शाक्यका बारेमा बद्नाम गर्नेहरुसित कुनै उजुरी छ ? छन् भने ती उजुरीहरु संसदीय सुनुवाई समितिमा लगेर बुझाउँदा हुन्छ ।

तर्कमा दम ल्याउने मन छ भने उनको कार्यक्षमतामाथि सयौं प्रश्नहरु गर्न पाइन्छ । संसदीय समितिमा सुनुवाइको क्रम बाँकी नै छ । त्यहाँ सयौं उजुरीहरु लगेर जान पाइन्छ । तर कसैलाई कुनै पुरुषसित जोडेर बद्नाम गर्ने प्रयत्न गरिन्छ भने त्यो समाजको पाखण्ड प्रदर्शनबाहेक अरु केही हुन सक्दैन ।

फेसबुकका वालहरुमा अञ्जान शाक्यका बारेमा बद्नाम गर्नेहरुसित कुनै उजुरी छ ? छन् भने ती उजुरीहरु संसदीय सुनुवाई समितिमा लगेर बुझाउँदा हुन्छ । कसैको बद्नाम गर्ने अधिकार तिनीहरुलाई छैन ।

दुर्गा पौडेलले प्यूठानबाट चुनाव जितिन् । उनलाई दुर्गाको नामले होइन, मोहनविक्रमको श्रीमतीको नामले बद्नाम गर्न खोजियो । जब कि उनी मोहनविक्रम सिंहसंग विहे हुनुभन्दा पहिले नै अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भइसकेकी थिइन् । विद्या भण्डारीलाई मदन भण्डारीको विधवा भएको कारणले राष्ट्रपति भएको पाखण्ड प्रदर्शन गरियो ।

जब कि उनी माओवादी द्वन्द्वमा सामेल थिइन् र २०६२ सालमा सरस्वती बहुमुखी क्याम्पसको स्ववियु सभापति जितेकी थिइन् । यस्ता श्रृंखलाहरु सयौं छन् । यी तल्लोस्तरका पाखण्डहरु हुन् ।

जब कि विद्या भण्डारी मदनसंग विहे हुनुभन्दा पहिले नै कांग्रेसको अखडा मानिएको महेन्द्र मोरङ क्याम्पस, विराटनगरको स्ववियु कोषाध्यक्ष जितेकी थिइन् ।

महिला संघको अध्यक्ष, एमालेको स्थायी समिति सदस्य, उपाध्यक्ष मात्रै होइन कि रक्षा मन्त्रालयको जिम्मेवारी ऐतिहासिक रुपमा बहन गरिन् । खानेपानी मन्त्री विना मगरलाई त्यसरी नै बद्नाम गर्न खोजियो ।

जब कि उनी माओवादी द्वन्द्वमा सामेल थिइन् र २०६२ सालमा सरस्वती बहुमुखी क्याम्पसको स्ववियु सभापति जितेकी थिइन् । यस्ता श्रृंखलाहरु सयौं छन् । यी तल्लोस्तरका पाखण्डहरु हुन् ।

तिनीहरुले एक पटक सोचून, कसैले तिनीहरुको बुवा, आमा, दाजु, दिदी, आफन्तलाई यस्तै प्रकारले बद्नाम गर्छ भने तिनीहरुको मन दुख्छ कि दुख्दैन ? आफ्नो क्षमताले जसले जहाँसुकै जस्तो नियुक्ति पाए पनि टाउको दुखाइ हुनुहुँदैन ।

यस्ता पाखण्डी तर्क गर्नेहरुले समाजलाई अपराधीकरण गरिरहेका छन् । क्षमताहीन, कुण्ठा, कुतर्क, पाखण्ड प्रदर्शन गर्ने मान्छेहरुले नै यस्ता प्रकारका व्यवहार गर्ने मान्छेहरुसित के नै भन्नु छ र ?

त्यसैले प्रश्न क्षमतामा उठाऔं । कसैको नातामा होइन । कोही कसैको सालो, साली, दार्इ, बहिनी, श्रीमान, श्रीमती, सानिमा, ससुरा, सासू, भाइ, बुहारी हुनै नपाइने भन्ने हुन सक्दैन ।

यस्ता पाखण्डी कुतर्कहरुसित जुध्न कुनै जरुरी नै छैन । यस्ता पाखण्डी तर्क गर्नेहरुले समाजलाई अपराधीकरण गरिरहेका छन् । क्षमताहीन, कुण्ठा, कुतर्क, पाखण्ड प्रदर्शन गर्ने मान्छेहरुले नै यस्ता प्रकारका व्यवहार गर्ने मान्छेहरुसित के नै भन्नु छ र ?

पोखरेल अखिल छैठौंका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: