Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बैतडीमा ‘जय नेपाल क्रिकेट कप’ हुँदै

बैतडी, कात्तिक ३० । जिल्लाको गोकुलेश्वरमा शनिबारदेखि प्रथम जय नेपाल टी ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद’ भन्ने मूल नाराका साथ अपी सिर्जनशिल युवा क्लवको आयोजनामा क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १११, द्वितीय पुरस्कार ६१ हजार १११ कप मेडल र प्रमाणपत्र रहेको छ । यस्तै प्रतियागितामा उत्कृष्ट खेलाडी एक जनालाई म्यान अफ द सिरीज स्वरुप ५ हजार ५५५ पुरस्कार दिइने आयोजक अपी सिर्जनशिल युवा क्लवका कोषाध्यक्ष रुपेश विष्टले जानकारी दिए ।

गोकुलेश्वर खेलमैदानमा शनिबार एक भव्य कार्यक्रमका साथ प्रतियोगिताको उद्घाटन हुने भएको छ । उक्त प्रतियोगिताको प्रतिनिधीसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडूले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने जनाईएको छ । प्रतियोगिताले स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीको क्षमता अभिवृद्धि हुनुका साथै क्रिकेटको विकास हुने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: