Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुवै गालामा चुम्बन पाउँदा बिक्रम लाजले भुतुक्कै ! (भिडियोसहित)

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन २ मा अब ८ जना पतिस्पर्धी मात्रै छन् । यी मध्ये आज (शुक्रबार) एकजनाको आइडलको आगामी यात्रा समाप्त हुनेछ ।

बिहीबार उनीहरुले भोटका लागि प्रस्तुति देखाएका थिए । सबैले पूराना लोकभाका तथा लोक देउडा गाएका छन् । हिजो (बिहीबार) को अंक विशेष रह्यो । विशेष यसकारण कि यो अंकमा सबैले उच्च सम्मान पाए ।

२७औं अंकमा प्रमुख अतिथिका रपमा गायक जयनन्द लामा उपस्थित थिए । उनी पूराना र चर्चित गायक हुन् । यसैबीच, बिहीबार सबैको प्रस्तुति उत्ृकृष्ठ थियो । यसैमध्ये आज हामीले बिक्रम बरालको प्रस्तुतिबारे जानकारी गराउँदै छौं ।

नेपाल आइडलका उनको क्रेज धेरै छ । धेरैले त भन्छन्, ‘बिक्रम नै यो पटकको नेपाल आइडल हुन् ।’ बिहीबार पनि उनको प्रस्तुति गज्जब थियो ।

उनी स्टेजमा यतिसम्म प्रस्तुत भएकी कार्यक्रम सञ्चालकलाई नै आफूतिर बेस्सरी आकर्षित गरे । बिक्रमको प्रस्तुतिलाई असाध्यै रुचाएर नै कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा र आसिफले उनको गालामा चुम्बन गरेका थिए । थप हेर्नुस् तलको भिडियोमा-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: