Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पत्रकार गुप्ताको स्वास्थ्य स्थिति नाजुक, मुटुको समस्याले हिरासतमा अप्ठेरो

दाङ, कार्तिक ३० ।

विगत ५ दिनदेखि हिरासतमा रहेका पत्रकार सन्तोषकुमार गुप्ताको स्वास्थ्यमा समस्या देखिएको छ।

६६ लाख हिनामिनामा मतियारको आरोप लागेका गुप्ता अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासत कक्षमा अनुसन्धानको क्रममा रहेका छन् ।

विगत लामो समयदेखि मुटु दुख्ने समस्याबाट पिडित गुप्तालाई हिरासतको वातावरण र खानपानमा समस्या देखिएको गुप्ताले जानकारी दिएका छन् ।

बिगत लामो समयदेखि मुटुको समस्याबाट पिडित भाईलाई बिहीबारबाट समस्या देखिएको गुप्ताका दाजु एवं पत्रकार ओम प्रकास गुप्ताले जानकारी दिएका छन् । गुप्ताले बुटबल मुटु क्लिनक र शहिद गंगालाल हृदयरोग निबारण केन्द्रमा उपचार गराइरहेका छन् ।

भालुबाङ हिरासतमा राखिएका गुप्ता लाई हिंजो जिल्ला अदालत घोराही ल्याएका बेला जिप्रका घोराही मा राखिएको हो । गुप्ताले इलाका प्रहरी कार्यालय भालुबाङकै हिरासतमा स्थानान्तरण गर्न माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: