Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युनिलिभरले विज्ञापन खर्च घटाए नि बढ्यो व्यापार, तीन महिनाको नाफा ३३ करोड

काठमाडौं, कार्तिक ३० ।

नेप्समा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा सबैभन्दा महङ्गो शेयर मूल्य रहेको युनिलिभर नेपालले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३३ करोड ४५ लाख नाफा कमाएको छ । कम्पनीको नाफा गत बर्षको यसै अवधिको तुलनामा ३ करोड २८ लाख बढी हो ।

गत बर्षको पहिलो त्रैमाससम्म कम्पनीले ३० करोड १७ लाख नाफा कमाएको थियो ।
प्रतिकित्ता २३ हजार ८९९ रुपैयाँ सशयरमूल्य रहेको कम्पनीले प्रतिशेयर आम्दानी ३६३ रुपैयाँ पुगेको छ । गत बर्षको यसै अवधिमा उसको प्रतिशेयर आम्दानी ३२८ रुपैयाँ थियो ।

कम्पनीले तीन महिनामा एक अर्ब ५१ करोड बराबरको उत्पादन बिक्री गरेको छ । जुन अघिल्लो बर्षको भन्दा २६ करोड ७२ लाख बढी हो ।

कम्पनीले यस अवधिमा विज्ञापन खर्च भने उल्लेखीय रुपमा घटाएको छ । गत बर्ष पहिलो तीन महिनामै १२ करोड ५६ लाख खर्च गरेको कम्पनीले यसबर्ष ९ करोड ६९ लाख मात्र विज्ञापनमा खर्च गरेको छ । यो बर्षको पहिलो तीन महिनामा गत बर्षको भन्दा कम्पनीले २ करोड ८७ लाख कम विज्ञापन खर्च गरेको छ ।

कम्पनीको कच्चा पदार्थको मूल्य बढ्दा अन्य खर्च कटौति गरेपनि उल्लेखनीय रुपमा नाफा बढ्न नसकेको देखिन्छ । कम्पनीले कच्चा पदार्थमा मात्रै ८३ करोड ५२ लाख खर्च गरेको छ । जुन अघिल्लो बर्षको भन्दा १३ करोड ५० बढी हो ।

साथै कम्पनीको सञ्चालन आम्दानी समेत सुधार आएको छ । कम्पनीले आफ्ना सेवाको बिक्री, सञ्चालन खर्च, कर्मचारी खर्च तथा विज्ञापन लगायतमा कुल एक अर्ब २३ करोड खर्च गरेको छ ।

९ करोड २१ लाख रुपैयाँ मात्र चुक्ता पूँजी रहेको कम्पनीले २ अर्ब १४ करोड जगेडा कोषमा राखेकोे छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २ हजार ४३१ रुपैयाँ छ र मुल्य आम्दानी अनुपात २१ गुणा छ ।

मकवानपुरको बसामाडीमा कारखाना स्थापना गरेको कम्पनीले साबुन, सर्फ, दन्त मन्जन लगायतका सौन्द्रर्य प्रशाधनहरु उत्पादन तथा बिक्री विथतरण गर्दै आईरहेको छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: