नेता केसीको आरोप– ‘प्रधानमन्त्री ओली हिटलर बन्न खोज्दै छन्’

काठमाडौं, कार्तिक ३० । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भीर आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीले कामभन्दा बढी कुरा गरेको बताउँदै आफूमा शक्ति केन्द्रित गर्न उद्धृत रहेको बताए। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ रहेको सुनाउँदै भने, ‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुटको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन् ।

याे पनि पढ्नुस  प्रदेश प्रमुख नियुक्तपछि राष्ट्रियसभा निर्वाचन : नेपाली कांग्रेस

अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ ।’ केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भए पनि जरैकिला उखल्नेगरी काम गर्न वर्तमान सरकारलाई केले रोक्यो भनेर प्रश्न गरे। त्यस्तै सरकारले सिण्डिकेटको अन्त्य गरेको भने पनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उनको आरोप छ ।

कमेन्ट गर्नुहोस्