Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार

लमही, कार्तिक ३० । दाङमा प्रहरी जवानमाथि शुक्रबार खुकुरी प्रहार भएको छ ।  शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो ।

जवान वलीको टाउकोमा १० टाँका लागेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी थप दुई जना समेत घाइते छन् । सोही ठाउँका विशाल रोका र नैनबहादुर नेपालीको टाउकामा सामान्य चोट लागेको बताइएको छ ।

रोका र नेपालीको समूहबीच आपसी विवादपश्चात झडप भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारको आरोपमा अमुवाका २५ वर्षीय चन्द्रवहादुर नेपाली, २० वर्षीय नैनसिंह नेपाली, २२ वर्षीय सुकलाल नेपाली र १६ वर्षीय वीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुका साथबाट खुकुरी, बञ्चरो, खुर्पालगायतका घरेलु हतियार बरामद गरिएको छ । प्रहरीले आरोपीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: