Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्मला हत्याकाण्डः थप ४ जनाको डिएनए पनि मिलेन

भीमदत्तनगर, कार्तिक २० । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताए । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए ।

सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: