Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ, कार्तिक ३० । बझाङमा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । से १ ज ५६२ नम्बरको जिप दुर्घटना हुँदा मष्टा गाँउपालिका–२ तुतीका ३२ बर्षिय किरण धामीको ज्यान गएको हो ।

जिप धनी तथा चालक धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिकाको खेतकोटसम्म यात्रु पुर्याइ फर्किने क्रममा जिप दुर्घटना भएको हो ।

जिप सडकबाट झण्डै १५० मिटर तल खसेको थियो । घटना स्थलमा प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटना शुक्रबार बेलुका भएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: