Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सांसद पासवान आफ्नै गाउँमा कुटिए

सर्लाही, कार्तिक ३० । राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो ।

उनी संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उनले बताए । सांसद पासमानको शरीरमा चोट लागेको बताइएको छ ।

राष्ट्रियसभा सदस्य पासवान माथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ । संघका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ । यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: