ऊर्जा मन्त्रीको दाबी– अब जनताको लगानीमा नै ठूला आयोजना बन्छन्

काठमाडौं, ३० कात्तिक । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजनाहरु बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

विश्व बैंकका उपाध्यक्षसहितको टोलीले किमाथांका र अपर अरुण जलविद्युत परियोजनाको निर्माणस्थलको अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।

याे पनि पढ्नुस  दश वर्षभित्र १५ हजार मेगावाट बिजुली उत्पादन गछौंः मन्त्री पुन

उनले किमाथांका आयोजना बनाउन चीन सरकारले चासो दिएकाले अब छलफलमार्फत सबै विषय टुंग्याएर अघि बढ्ने बताए । मन्त्री पुनले अरुण बेसिनलाई जलविद्युतको हब बनाउन लागिएको बताउँदै यसअन्तरर्गतका सबै आयोजना अबको केही समयभित्रै निर्माणको चरणमा प्रवेश गर्ने दावी गरे ।

उनले तल्लो अरुण, अरुण चौथो आयोजना पनि चाँडै अघि बढ्ने बताउँदै अरुण तेस्रो भारतीय कम्पनी सतलजमार्फत निर्माण सुरु भएको जानकारी दिए ।

याे पनि पढ्नुस  उर्जामन्त्री भन्छन्, ‘यो वर्ष नेपालले भारतलाई ७ करोडको बिजुली बेच्यो’

यस्तै उनले माथिल्लो अरुण पनि प्राधिकरणले निर्माण गर्न लागेको बताउँदै मन्त्री पुनले अब सरकार कन्सल्टेन्सीको जस्तो मात्रै काम गरेर नबस्ने जिकीर गरे ।

कमेन्ट गर्नुहोस्