Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कृषि करार खेती ऐन निर्माण प्रक्रिया अगाडी बढाएका छौ – राज्य मन्त्री चौधरी

काठमाडौं,कार्तिक ३०।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले कृषि करार खेती ( Cotract Farming ) एेन कृषि मन्त्रालयले तयारी गरी सहमतीको लागि कानुन मन्त्रालयमा पठाईसकेको र छिटै पारित गरि लागू गर्ने बताएकि छिन।

World Vision Advocacy Forum द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नेपालमा खेती गर्ने जग्गा प्रसस्त भएर पनि धेरै जसो कृषक तथा व्यवसायीहरुलाई जग्गा अपुग भएको र कतिपय अवस्थामा खेती योग्य जमिन सदुपयोग नभएको अवस्था बाट कृषि क्षेत्र गुज्रिरहेको सन्दर्भमा यसलाई व्यवस्थित गर्न ,व्यवासायीक र देश भित्रै रोजगारी सृजना गर्न सरकारले आवश्यकता महशुस गरेकोले यस्तो एेन ल्याउन लागेको जानकारी दिएकि छिन ।

हाम्रो देशमा निर्वाह मुखी खेती प्रबिधि कृषक र धनी बिच मौखिक सहमतिका आधारमा चल्दै आएता पनि करार खेती १९ औ शताब्दीको शुरु तिर नै अमेरीका जस्तो मुलुकमा शुवात गरि व्यवसायीक बनी सकेको तर नेपालमा भने भरखरै शुरुवात गर्न लागेको मन्त्री चौधरीले भनाइ छ।
कृषिमा करार खेतिको सुरुवात संगठित तथा व्यवस्थित गर्न सके यस बाट कृषक र कृषि व्यवसायी प्रत्येक्ष रुपमा लाभान्वित हुनुको साथै उपभोक्ताले सस्तो,राम्रो र गुणस्तरीय कृषिजन्य बस्तु पाउने मन्त्री चौधरीले बताइन।

नेपाल सरकार कृषि तथा पशुपन्छि बिकास मन्त्रालयको सहकार्यमा world vision advocacy forum डेनिस सरकार तथा अन्तरास्ट्रिय श्रम संगठनको सहयोगमा सन्चालीत करार खेतिका लागि आवश्यक ऐन बिषयक एक दिने केन्द्रिय स्तरमा नीतिगत सम्बाद कार्यक्रममा बिज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा अयोजित कार्यक्रममा बिज्ञ,प्राध्यापक,किसान प्रतिनिधिहरु,कृषि व्यवसायी,संघ संस्थाहरु ,वन मन्त्रालय ,कृषि मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो कार्यक्रममा कृषि मन्त्रालयका सचीव युवक ध्वज जिसी र पुर्व मन्त्रीहरुको बिशेष उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: