Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अर्थमन्त्री गाईखुरा एकीकृत बस्तीमा

रामेछाप, कार्तिक ३० । अर्थमन्त्री डा. युवराज खतिवडाले २०७२ सालको भूकम्पले क्षति पु¥याएका संरचनाहरुको पुनःनिर्माणका लागि बजेटको अभाव नरहेको बताएका छन् ।

रामेछापको मन्थली नगरपालिका–८ स्थित गाईखुरामा निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तीको आज अवलोकन गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनःनिर्माणमा देखिएको बजेट समस्यालाई व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको बताए ।

उनले पुनःनिर्माणको कार्यमा सरकारले विशेष ध्यान दिएको पनि बताए । भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत विश्व बैंकको सहयोगमा गाईखुरामा २५ घरसहितको एकीकृत नमूना बस्ती निर्माण हुन लागेको हो ।

अर्थमन्त्री खतिवडासँगै पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद श्यामकुमार श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता माझी र विश्व बैंकका प्रतिनिधि एकीकृत बस्तीको निरीक्षणका लागि गाईखुरा पुगेका थिए । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: