रवि पुगे नेपाल आइडलको ‘टप ७’ मा, धादिङका कृषल कडेँल बाहिरिए

काठमाडौं, कार्तिक ३० । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन-२’ मा सुदूरपश्चिमबाट सहभागी रवि ओड ‘टप ७’ मा पुग्न सफल भएका छन् । दर्शकको भोटका आधारमा उनी  टप ७’ मा पुग्न सफल भएका हुन् । आज धादिङका कृषल कडेँल बाहिरिएका छन्

याे पनि पढ्नुस  भोलि ‘नेपाल आइडल’ को फाइनल भिडन्त, को बन्ला च्याम्पियन ?

रविले आज सर्वाधिक भोट पाएका छन् । उनले हिजो (बिहीबार) ‘खेलौला डेउडा’ बोलको लोकदेउडा गीत गाएका थिए ।आजको अंकमा रविले २ वटा गीत गाएका थिए ।

उनले पहिलो गीत बिक्रम बरालसँग र दोस्रो गीत अमित बरालसँग गाएका थिए । नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी गर्ने भोट ? यो प्रश्नको जवाफबारे धेरैलाई थाह नहोला ।

याे पनि पढ्नुस  समर्थकको यतिसम्म माया, रविलाई ‘म्युजिकल मेयर’ को उपमा ! [भिडियाेसहित]

त्यसकारण हामी जानकारी गराउँदै छौं । रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

याे पनि पढ्नुस  नेपाल आइडल रविको यस्तो छ पहिलो गीत, शुरु भयो भिडियो छायांकन

 

कमेन्ट गर्नुहोस्