Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीलंकाली संसदमा फेरी कुटाकुट, खुर्सानीको धुलो फाल्दै सांसदहरू

कोलम्बो, कार्तिक ३० । श्रीलंकाको संसदमा शुक्रबार सांसदहरूले अर्कातिर खुर्सानीको धुलो र फर्निचर फ्याँकेका छन् । राष्ट्रपति सिरिसेनाले संसद्को अधिवेशन डाकेपछि बिहिबार संसदभित्र कुटाकुट भएपछि संसद स्थगित भएको थियो ।

संसद सदस्यहरू हिंसामा उत्रिएपछि सभामुख कारु जयसूर्याले प्रहरी बोलाएका थिए । हाल संसद सोमवारसम्मका लागि पुनः स्थगित भएको छ ।

बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रपति पदका लागि आफूसँग पराजित भएका महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा असहज राजनैतिक गतिरोध सिर्जना भएको छ ।

लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले संसदमा शक्ति परीक्षण गराउन सहमति दिएपछि भएको विश्वासको मत लिने निर्वाचनमा राजापाक्षेको परजय भएको त्थियो । बिहिबार त्यसै प्रक्रियालाई दोहोर्याउने प्रयास हुँदा हिँसा भड्किएको थियो । आज त्यसै विश्वासको मत प्रक्रियालाई दोहोर्याइने योजना रहेको थियो ।

खास गरि संसदमा महिन्दा राजापाक्षेको पराजयबारे बोल्दै सभामुख जयासूर्याले देशमा कुनै पनि प्रधानमन्त्री या सर्कार्नारहेको अभिव्यक्ति दिएपछि उक्त बितण्डा सुरु भएको थियो ।

अधिकारीहरूकानुसार राजापाक्षे पक्षीय सांसदहरू सभामुखको आसनमा बसेको र उनीहरूले सभामुखको राजीनामाको माग समेत गरेका थिए । कोलम्बो गजेटले राजापाक्षे पक्षीय सांसदहरूलाई विपक्षी सांसद र प्रहरीलाई लक्षित गर्दै खुर्सानीको धुलो फ्याँकिरहेको देखिएको थियो ।

लगभग ४५ मिनेटको हङ्गामा पछि प्रहरीलाई बोलाएको बताइएको छ । यसैबीच एक जना सांसद सभामुखको कुर्सीमा बसेको र अरू सांसदहरूले उनलाई घेरा हालेका थिए । उक्त घटनामा भएको ठेलमठेलमा एक जना वरिष्ठ राजनेता जैमिनी जयविक्रम परेरा घाइते भएका छन् ।

राष्ट्रपति सिरिसेनाले कुनै पनि हालतमा संसद्को कारवाही नरोकिने भन्दै ट्वीट गरेका छन् ।

एजेन्सी

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: