गीत रेकर्ड गराउने नेपालको प्रथम गायिका मेलवा देवी(गीत सहित )

सन् १९३५ तिर कलकत्तामा रहेको ‘स्वदेशी मेगाफोन’ रेकर्डिङ स्टुडियोमा उनले ‘सवारी मेरो रेलैमा’ भन्ने गीत रेकर्डिङ गराएको भेटिन्छ भने यो तस्वीर समेत सोही रेकर्डिङ स्टुडियोले छपाएको गीतिकितावको हो।

नेपालको ओखलढुंगा रम्जाटारमा जन्मिएकी उनी त्यहाँ बाट काठमाण्डौंको सिंहदरबारमा तत्कालीन श्री ३ चन्द्र शमसेरको दरवारमा गीत गाउन पुगेकी थिइन भने चन्द्र शमसेरको पतन पछि भीमशमशेरको पालामा उनी नेपाल छाडेर भारत पसेकी थिइन।

सन् १९५४ मा मेलवादेवी आफ्नो भोजन पकाउन स्टोभमा दम दिँदै थिइन्,त्यो एकान्त कोठामा स्टोभ पड्कियो, मेलवादेवीको छातीमा गहिरो घाउ लाग्यो र कलकत्तामा उनको अवसान भयो।

यस्तो छ गित “सवारी मेरो रेलैमा”

कमेन्ट गर्नुहोस्