Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतको अगाडि नेपालले यसरी बढायो आफ्नो स्वतन्त्र परराष्ट्र नीति

– सन्तोष खडेरी

जनसंख्या र भूगोलका रुपमा समेत भारत र चीन जस्ता दुई भीमकाय मुलुकका बिचमा रहेको नेपाल जस्तो सानो मुलुकले सधैं बन्द नीति अपनाओस र विश्व मंचमा भारत बाहेक कसैसँग नखुली परराष्ट्र र रक्षा मामिलामा भारतकै नीति स्वीकार गरोस् भन्ने भारतीय चाहना नेहरु डक्ट्रीन कै निरन्तरता हो जून भारतको राष्ट्रिय स्वार्थ हो जून त्यसयताका ७ दशक सम्म फेरिएको छैन र अन्ततःकाल सम्म कायमै रहनेछ।

बेलायतबाट भारत स्वतन्त्र भएको औपचारिक घोषणा हुनु पूर्व नै त्यसैको तयारी स्वरुप भारतमा पंडित नेहरुको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो जसले स्वतन्त्र भारतको स्वतन्त्र बिदेश नितीको शुरूवात गर्न अन्य सार्वभौम मुलुकका सरकार प्रमुखहरुलाई एउटा बैठकमा निम्ताएको थियो भने त्यही भारतको स्वतन्त्रतालाई मान्यता दिने नेपाललाई त्यतिबेला निम्त्याईएन त्यसको सुइँको पाएपछी राणाहरुले तत्कालीन बेलायती गभर्नर मार्फत दवाव दिएपछि अन्ततः नेहरु नेपाललाई सामेल गराउन बाध्य भए र त्यसमा नेपालले सहभागीता जनायो।

बिश्वमा दोस्रो बिश्वयुद्द्को अन्त्य र नेपालमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् आधुनिक नेपालको स्वतन्त्र परराष्ट्र नितिको शुरूवात वाङ्डुङ सम्मेलनबाट शुरु भएको थियो भने नेपालको स्वतन्त्र परराष्ट्र नितीको इतिहास भने दुई शताब्दी भन्दा पनि लामो छ।

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिनु पूर्व नै इन्डोनेशियामा आयोजना भएको वाङ्डुङ सम्मेलनबाट आफ्नो सकृय उपस्थित जनायो जून सम्मेलनले परराष्ट्रनितीमा पंचशीलको सिद्धान्तको आविष्कार गर्यो भने शीतयुद्धका समयमा दुई ध्रुवमा बिभाजित बिश्वमा कसैको पक्ष नलिनेगरि कालान्तरमा यो असंलग्न राष्ट्रको संगठनका रुपमा उदायो। सन् १९४९ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिन नेपालले गरेको प्रयासलाई शोभियत युनियनले भिटो प्रयोग गरि बिफल तुल्याईदिए पछि सोही वाङ्डुङ सम्मेलन सम्पन्न भएकै बर्ष अन्ततः नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता समेत प्राप्त गर्यो।

आधुनिक भारतका परराष्ट्रनितीका पिता मानिने पंडित नेहरुले नेपालले चीन संग कुटनैतिक सम्बन्ध कदापि स्थापित नगरोस् त्यस्तै कुटनैतिक सम्बन्ध कायम भईसकेको भए पनि अमेरिकाले आफ्नो दूतावास नेपालमा स्थापना नगरोस् र परराष्ट्र र रक्षा मामिलामा भारतीय नीति शिरोधार्य गरोस् भन्ने चाहेका थिए जून उनका तत्कालीन दस्तावेजले प्रष्ट पार्छ तर नेपालले चीन संग दौत्य सम्बन्ध स्थापित गरि चिनियाँ प्रधानमन्त्री चाउ एनलाई लाई नेपाल भित्र्यायो भने।

२०१६ सालमा गठन भएको बिपि कोईरालाको सरकारले त झन् भारतलाई नै आस्चर्यमा पार्ने गरि उसको असहमतिका बाबजुद तत्कालीन अमेरिकी खेमामा रहेका तीन मुख्य देश पाकिस्तान , इजरायल र पस्चिमी जर्मनी संग दौत्य सम्बन्ध स्थापित गर्दै अन्तर्राष्ट्रिय मंचमा नेपालको कुटनितिलाई नयाँ उचाईमा पुर्यायो जसबाट भारतीय आन्तरिक राजनीतिमा नेहरु समेत नेपालका कारण अप्ठ्यारोमा परे अँझ इजरायले नेपाललाई उपहारम दिएका केही थान हतियारलाई कारण देखाएर नेपालले इजरायलबाट थप हतियार ल्याउन लागेको हल्ला भारतले चलायो संगै नेपाल इस्म्लामाबाद , तेलअविव , बर्लिन हुँदै अमेरिकी खेमामा पुगेको भन्ने ठहर गर्यो जसबाट अत्तालिएको भारतले बिपिको सरकार बर्खास्त गर्ने महेन्द्रको कदममा सहमति जनायो जसको पुष्टि त्यो घटनाको करिव ३दशक पछि भारत त्यही बाटो हुँदै अमेरिका पुगेको भन्नेबाट हुन्छ।

हिजो मात्र नभई अहिले पनि भारतीय असहमतिका बाबजूद नेपालले चीन संग पारवहन सम्झौता , चिनको वान बेल्ट वान रोड परियोजनामा सहभागी लगायतका स्वतन्त्र निर्णहरु गर्दै आईरहेको छ भोलीका दिनमा समेत निरन्तरता दिईरहनेछ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: