इन्टरपोलको ८७ औं महासभामा भाग लिन सर्वेन्द्र खनाल युएईमा,एनआरएनले गर्‍यो स्वागत 

युएई,मङ्सिर १।सोमबार बाट सुरु हुने इन्टरपोलको ४ दिने महासभामा भाग लिन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई आइपुगेका छन्।

सभामा भाग लिन खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगायत सुरक्षा निकाएका प्रमुखहरु सनिवार युएई आइपुगेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

याे पनि पढ्नुस  युएईबाट नेपाल फर्किने तयारीमा रहेकी डोल्माको उपचारको क्रममा मृत्यु

महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने छ । नेपालले पनि सुरक्षाका विषयमा प्रस्तावहरु सभामा राख्ने खनालले बताएका छन्।

सभाले इन्टरपोलको अध्यक्ष पनि चयन गर्नेछ । खनाल सहितको टोलि आउदो सनिवार नेपाल फर्कने कार्यक्रम रहेको छ । यस्तै नेपाल बाट आएको टोलिलाइ गैर आवासीय नेपाली संघ युएईले स्वागत गरेको छ ।

याे पनि पढ्नुस  श्रीमानले बढी माया गरेको भन्दै श्रीमतीले मागिन् तलाक !

खनाल आगामी शुक्रबार देरा दुबईको काल्टन टावर होटलमा आयोजना हुन गइरहेको एनआरएन युएईको बार्षिक उत्सब कार्यक्रममा बिशेष अथितिको रूपमा उपस्थिति हुने र विभिन्न बिषयमा अन्तरक्रिया गरिने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्