Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आजबाट माइक्रोबसका चालक र सहचालक पनि यस्ताे पाेशाकमा

काठमाडौँ । केही महिना अगाडी उपत्यकामा संचालित ट्याक्सी चालकहरुलार्ई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गराएका थिए । फेरि काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले पनि अाजबाट अनिवार्य फ्लोरेसेन्ट ज्याकेट लगाउनु पर्ने भएकाे छ ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिए । साथै माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको पन्तले बताए। प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए ।

रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने महासंघका महासचिव सरोज सिटौलाले बताए । यस्तै ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने सिटौलाले बताए । तत्काल काठमाडौँ उपत्यकाभित्र मात्र यो व्यवस्था भएपछि आगामी दिनमा देशभर लागू गर्ने उनको भनाइ छ ।

यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । अहिले उपत्यकाका झण्डै ९० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: