धनगढीमा कुटपिटबाट १ जनाको मृत्यु, रक्ताम्य घाइतेलाई घिसार्दै गरेको अवस्थामा १ युवक पक्राउ

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबार राति एक युवकको हत्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित बैया बेहडी टोलमा नास्ट कलेज नजिकै वडा नम्बर ४ मै बस्ने २५ वर्षीय विजय थापाको हत्या भएको हो ।

प्रहरीले थापालाई रगतपच्छे अवस्थामा घिसारिरहेको अवस्थामा सोही वडा बस्ने आशीष सेठीलाई रङ्गेहात पक्रेको जनाएको छ । बैया बहेडीस्थित कलश होटल पछाडि थापामाथि कुटपिट भएको जनाइएको छ । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका थापाको उपचारका क्रममा सेती अंचल अस्पतालमा निधन भएको थियो ।

याे पनि पढ्नुस  कैलालीको मोहन्यालका बासिन्दा न्यूनतम सुविधाबाट वञ्चित

प्रहरीले नजिकै घर भएका दीपेन्द्र चौधरीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको छ । दीपेन्द्र होटल संचालित रहेको घरका घरधनीका छोरा हुन् । उनले नै घटनाबारे प्रहरीलाई खबर गरेको बताइएको छ ।

पक्राउ परेका सेठी लागू औषध मुद्दाका फरार प्रतिवादी हुन् । प्रहरीले थापाको भूमिका समेत शंकास्पद हुन सक्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्