विश्व बैंकको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारको आपत्ति

काठमाडौँ, मङसिर १ गते । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको छ । यसअघि नेपालको अङ्कभार १०५ थियो जुन अहिले ११० मा पुगेको छ ।

याे पनि पढ्नुस  सरकारलाई विद्यार्थी संगठनको ६ दिने अल्टीमेटम, माग पूरा नभए कडा आन्दोलनको चेतावनी

सातौँ कर दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसको पुनरावलोकन हुने अर्थमन्त्री डा युवराज खतिवडाले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “करसम्बन्धी सानो विषयलाई लिएर १०५ बाट ११० मा झारी दिएकामा हाम्रो आपत्ति छ यसको पुनरावलोकन गर्न हामीले भनिसकेका छौँ ।”

सामाजिक सुरक्षा प्रणालीअन्तर्गत कर्मचारीको कुनै पनि किसिमको कम्पनीले बेहोर्ने दायित्वको व्यवस्था गरेर कर विवरण बुझाउँदा फारममा सानो समस्या भयो भनेर पाँच बिन्दुले तल झारी दिएको अर्थमन्त्रीको भनाइ छ ।

याे पनि पढ्नुस  अस्थायी राजधानी तोक्ने निर्णय भएको छैन : सरकार

नेपालले विश्व बैंकको मूल्याङ्कनमा समस्या देखाएको जानकारी दिँदै उहाँले भन्नुभयो, “विश्व बैंकले मिसन टोली पठाउँछु भनेको छ, पुनरावलोकन हुन्छ ।” उहाँले १०५ भन्दा तल आउनका लागि आवश्यक प्रक्रिया अपनाइने समेत बताउनुभयो । कर विवरण जुटाउनमा समस्या छन् भने सुविधा बढाउने उहाँले बताउनुभएको छ ।

याे पनि पढ्नुस  वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य विरामी भए सरकारले हेर्ने

विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल डुइङ विजनेशमा ११०औँ स्थानमा छ । अघिल्लो वर्ष १०५औँ स्थानमा राखिएको थियो । कर तिर्ने प्रक्रिया र पेइङ ट्याक्समा नेपाल तल खस्किएको देखाएको हो । उक्त सूचीमा १९० देश समेटिएको थियो । (रासस)

कमेन्ट गर्नुहोस्