प्रचण्ड भन्छन्, ‘जनअपेक्षा अनुसार काम हुन्छन् ढुक्क हुनहोस्’

जिरी, मंसिर १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताएका छन् ।

आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गरे ।

याे पनि पढ्नुस  नेकपा एकताः के-के भयो वर्ष दिनमा ?

पार्टी एकताको प्रसङ्गमा उनले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताए। नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको उनले प्रष्ट पारे । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता दाहालले बताए ।

दाेलखा जिल्ला नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का कमरेडहरूलाई संवाेधन गर्दै। २०७५/०८/१

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, 16 November 2018

कमेन्ट गर्नुहोस्