दोलखामा ‘प्रथम प्रकाश स्मृति कप’ शुरु, प्रचण्डद्वारा उद्घाटन

दोलखा, मंसिर १ । सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिता शनिबारदेखि दोलखामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड पुत्र प्रकाशको सम्झनामा पहिलो पटक ‘स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा देशभरबाट छनौट उत्कृष्ट १२ टोली खेलिरहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितियले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०÷३० हजार नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टले नगद १०÷१० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।

पुर्नसंगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटवल संघको सह–आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्