Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पूर्व युवराज्ञी हिमानी सर्वसाधारणसँग सामूहिक पूजामा

काठमाडौं, मंसिर १ । पूर्व युवराज्ञी हिमानी शाहले सर्वसाधारणसँगै सामूहिक पूजाअर्चना गरेकी छन् । उनले ललितपुरको सानेपा स्थित बागमती नदी किनारमा सर्वसाधारणसँगै सामूहिक पूजाअर्चना गरेकी हुन् ।

आर्यतारा व्रतको विशेष अवसरमा ज्ञानमाला भजन खलले आयोजना गरेको पूजामा पूर्व यज्ञराज्ञी शाह पनि सहभागी भएकी हुन् । पूजामा काठमाडौं उपत्यकाका ६ सय ५० भन्दा बढी बौद्ध धर्मालम्बीहरु सहभागी भएका थिए ।

पूजामा सहभागी हुनेहरुले हरियो पहिरन लगाउनुपर्ने भएका कारण हिमानी पनि हरियो परिहनमा सजिएकी थिइन् । त्यहाँ पूजा सामाग्री पनि हरियो नै रहने परम्परा छ ।

यो व्रत र पूजा गर्नाले मानव जीवन विभिन्न भयहरु बाट मुक्त हुने र परिवारमा सुख शान्ति कायम रहने विश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: