नेकपाले चुनावमा गरेका प्रतिबद्धता पूरा गरेरै छोड्छौंः मन्त्री अधिकारी

बलेवा, मंसिर १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने चरणमा रहेको बताएका छन् ।

बागलुङको बडिगाड गाउँपालिकामा शनिबारदेखि शुरु भएको प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को उदघाटन गर्दै उनले विगतका सरकार सञ्चालकले सरकार सञ्चालनमा बनाइएका खाल्डा पुर्दै जाँदा जनताका बीचमा गरेका प्रतिबद्धताअनुरुप काम गर्न समय लागेको बताए ।

याे पनि पढ्नुस  जिसीका हत्यारालाई कारबाही गर्न संसदमा पौडेलद्वारा सरकारको ध्यानाकर्षण

देशमा संघीय गणतन्त्रको स्थापनासँगै समृद्धिको ढोका खुलेको भन्दै मन्त्री अधिकारीले विगतका सरकारले जस्तो छ महिना वा नौ महिनामा परिणाम देखाउने नभई दीर्घकालीन परिणाम देखाउने गरी वर्तमान सरकारले काम गरिरहेको दाबी गरे।

आर्थिक वृद्धिदर ९ प्रतिशत र पर्यटकको सङ्ख्यामा ३०.५० प्रतिशतले वृद्धि गरेको भन्दै उनले अधिकारीले अबको पाँच वर्षमा मुलुकले मुहार फेर्ने दाबी गरे।

याे पनि पढ्नुस  धवलागिरी अञ्चललाई वाम किल्ला बनाउने पौडेलको उद्घोष

बागलुङको पश्मिक्षेत्रका पर्यटकीय स्थलहरु ढोरपाटन, चमेरे गुफा र धनपतिको मन्दिरलगायतका क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने अधिकारीको भनार्इ थियो । -रासस

कमेन्ट गर्नुहोस्