Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जन्ती बनेर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर आउँदै

जनकपुरधाम, मंसिर २ । रामजानकी विवाह महोत्सवमा जन्ती बनेर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको नेतृत्व गरेर अयोध्याबाट आउने भएका छन् । उनी जन्ती आउने निश्चित भएपछि महोत्सव भव्य बनाउने गृहकार्य सुरु भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने टुंगो मात्र लागेको जानकारी दिए ।

लामो समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंह जन्ती बनेर आउने चर्चा चल्दै गएको थिये । तर मोदी नआउने निस्चित भइसकेको छ ।

गृहमन्त्री सिंह भने आउने सम्भावना अझै छ । मन्त्री यादवले गृहमन्त्री सिंह पनि जन्तीमा आउने विषयमा छलफल चलिरहेको बताए । मुख्यमन्त्री आदित्यनाथ भने जहाजबाट जनकपुर आउने पनि लगभग टुँगो लागिसकेको उनको भनाइ छ ।

जनकपुरमा मुख्यमन्त्री आदित्यनाथको सुरक्षाका लागि करिब ५ देखि ६ हजारसम्म सुरक्षाकर्मी परिचालन हुने मन्त्री यादवले बताए ।

उनले अयोध्याबाट आउने जन्तीलाई मधेस भवन ९जचुकाली०मा र मुख्यमन्त्री आदित्यनाथलाई मुख्यमन्त्री लालबाबु राउतको निवासमा खाना खुवाउने तयारी भइरहेको बताए । भने, ‘निर्णय भने अहिले भइसकेको छैन ।’ मुख्यमन्त्री आदित्यनाथले विवाह महोत्सवको मुख्य कार्यक्रममा सहभागी हुने निश्चित मात्र भएको उनले जानकारी दिए ।

धार्मिक ग्रन्थ रामायणका अनुसार राम र सीताको विवाह सम्पन्न भएको मंसिर शुक्ल पञ्चमीका दिन हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव भव्यताका साथ मनाइन्छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि बिहे भएको थियो । त्यसैले अयोध्याबाट हरेक वर्ष जन्ती आउने गर्छ ।

यो पटक मुख्यमन्त्री आदित्यनाथ आउन लागेको र प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेपछि यो पटक महोत्सव भव्य हुने विश्वास गरिएको छ ।

मुख्यमन्त्री आदित्यनाथले जयनगर–जनकपुर (कुर्था) रेलको उद्घाटन र जनकपुरधाम उपमहानगरपालिका १४ मा निर्माण हुने भनिएको रामजानकी अन्तराष्ट्रिय स्टेडियमको शिलान्यास गर्ने भनिएपनि कार्यक्रम तय हुन सकेका छैन ।

जयनगरदेखि जनकपुरको कुर्थासम्म २७ किलोमिटरमा रेल लिक निर्माण भइसकेको छ । स्टेशन र कर्मचारी आवास निर्माण अन्तिम चरणमा छ । रेलको उद्घाटन हुने चर्चा चलेपछि अहिले सयौं कामदार दु्रत गतिमा काम गरिरहेका छन् । तर रेल इन्जिन र डब्बा खरिद गर्ने वा भाडामा लिने टुंगो लागेको छैन । अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: