Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बझाङमा स्थानीयको श्रमदानमा प्रहरी चौकी निर्माण हुँदै

काठमाडौं, मंसिर १ । बझाङको दुर्गम छबिस पाथीभेरा गाउँपालिका-६ मा स्थानीयको पहलमा प्रहरी चौका निर्माण भइरहेको छ । स्थानीयबासीको श्रमदानमा निर्माण भइरहेको उक्त चौकीको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भइसकेको चौकीका इन्चार्ज मदनसिंह धामीले जानकारी दिए ।

उनले भने, ‘यो चौकी स्थानीयको श्रमदानमा निर्माण भइरहेको हो । अहिलेसम्म निर्माण कार्य ७५ प्रतिशत सकिएको छ । हामी नयाँ वर्ष (२०७६) मा स्थानीयले बनाई दिएको नयाँ भवनमा सर्नेछौं ।’

प्रहरी इन्चार्ज धामीकाअनुसार अहिले स्थानीयको काम व्यस्तताले चौकी निर्माणको काम रोकिएको छ । एक महिनाभित्र फेरि चौकीको निर्माण कार्य अगाडि बढ्ने उनले बताए । प्रहरी इन्चार्ज धामीले भने, ‘अहिले यहाँका स्थानीय घरायसी काममा व्यस्त हुनुहुन्छ, उहाँहरुको काम सकिएसँगै फेरि चौकी निर्माणको कामले तिव्रता पाउने छ ।’

दुर्गाथली गाउँपालिका ५, ७ तथा छबिस पाथीभेरा गाउँपालिकाको ६ र ७ नम्बर वडाका स्थानीयको श्रमदानमा चौकी निर्माण भइरहेको हो । चौकी निर्माण गर्न करिब ६ लाख लागत लाग्ने भएपनि स्थानीयले श्रमदान गरेर निर्माण गरिदिने जमर्को गरेपछि आफूहरुलाई धेरै सजिलो हुने इन्चार्ज धामीले बताए ।

उनले भने, ‘दश वर्षे द्धन्द्धकालमा चौकी भत्किएपछि हामीहरुलाई समस्या हुँदै आएका छ । जस्तोः विभिन्न रिपोर्ट सुरक्षित नहुने डर, बसोबासको समस्या इत्यादि ।’ भवनमा कोठा, ग्यारेज, थुनावा कक्ष निर्माण हने छन् ।

चौकी करि एक कट्ठा जमिनमा निर्माण भइरहेको चौकीले जनाएको छ । यो चौकीमा छबिस पाथीभेरा गाउँपालिका ६, ७ तथा दुर्गाथली गाउँपालिकाका ५ र ७ लगायतका वडाका स्थानीयले सेवा लिदैं आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: