Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देउसी खेल्न हिँडेका किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा नेविसंघका २ नेता पक्राऊ

किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले बुधबार साँझ नेपाल विद्यार्थी संघ नुवाकोटका जिल्ला नेतालाई विदुर नगरपालिका वडा नं ४ बट्टारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय बादल श्रेष्ठ र रवीन थापा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको कुँवरले जानकारी दिए । पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ ।

उनीहरुले गत कार्तिक २१ गते नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी जनाएको छ । कात्तिक २१ गते बुधबार लक्ष्मीपुजाको साँझ देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो ।

किशोरीहरुलाई फकाएर भारततर्फ लैजान लागेको अभियोगमा नुवाकोट प्रहरीले उनीहरु बन्धक बनाइएको घरका धनी सुर्खेत भेरीगङ्गा नगरपालिका वडा नं १२ का निर्मल विश्वकर्मा र लिखु गाँउपालिका वडा नं ४ चौघडाका विकास प्याकुरेललाई गत आइतबार नुवाकोट अदालतमा मानब बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ वट्टार क्याम्पस नेविसंघका पुर्व ईकाई अध्यक्ष हुन भने थापा नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रहेका छन । पक्राउ परेकाहरुबाट अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले बताएको छ ।

नेपाल समाचारपत्रबाट साभार गरिएको

http://www .newsofnepal. com/2018/11/17/158751/

कमेन्ट गर्नुहोस्

%d bloggers like this: