Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय चिनीको कारण अष्ट्रेलिया संकटमा

सिड्नी, मङ्सिर २ । अष्ट्रेलियाले चिनीमा भारतले दिर्इ आएको अनुदानका विरुद्धमा विश्व व्यापार संगठन (डब्लुटीओ)मा उजुरी दिने घोषणा गरेको छ ।

यसबाट विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको उसको भनाइ छ।

भारतीय चिनीका कारण आफ्नो देशका चिनी उत्पादकहरूलाई हानी पुर्याएको अष्ट्रेलियाको भनाइ छ । विश्वमै भारत दोस्रो सबैभन्दा बढी चिनी उत्पादन गर्ने राष्ट्र हो । भारतले आफ्ना उखु कृषकहरूलाई अनुदान दिने गरेको छ । गतवर्ष भारतमा सबैभन्दा धेरै उखु उत्पादन भएको थियो।

‘हामी हाम्रो चिनी उद्योगको अधिकारका पक्षमा छौं र कृषकको सर्वोत्तम हितका लागि कार्य गर्ने गरी डब्लुटीओका नियम सबैले पालना गर्नुपर्छ’, व्यापारमन्त्री सिमोन बर्मिंघमले भने।

अष्ट्रेलिया विश्वमै चिनी उत्पादन गर्ने तेस्रो ठूलो राष्ट्र हो। व्यापारमन्त्री सिमोनले उखुको अनुदानका बारेमा भारतका वरिष्ठ अधिकारीसँग चासो राखेको पनि खुलासा गरे ।

यद्यपि भारतले अस्ट्रेलियाको चासोमाथि कुनै ध्यान नदिएको पनि उनले स्पष्ट पारे। अष्ट्रेलियाले भारत र विश्व व्यापार संगठनसँग आबद्ध सदस्य राष्ट्रहरूसँग औपचारिक छलफल गर्ने योजना बनाएको छ। भारतले उपलब्ध गराएको अनुदानका कारण विश्वमा चिनीको मूल्यमा कमी आएको अस्ट्रेलियाको आरोप छ । डब्लुटीओले भारतमाथि गर्ने कारबाहीलाई अरू राष्ट्रले पनि समर्थन गर्ने मन्त्री सिमोनले बताए ।

अस्ट्रेलियाको २ अर्ब अष्ट्रेलियाली डलरको चिनी उद्योग छ। यस व्यवसायमा ४ हजार उखु कृषक र २४ वटा चिनी मिल छन्। अस्ट्रेलियाली उत्पादकहरूका अनुसार भारतले उपलब्ध गराएको अनुदानका कारण आफ्नो उद्योगले घाटा व्यहोरेका छन् । एएफपी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: