Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

को हुन् यी व्यक्ति ? यस्तो छ दर्दनाक कहानी (भिडियोसहित)

सामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् ।

अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् । शारिरीक बनोटका साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् ।

यिनै मध्येका एक जोडी हो- बखत विष्ट र प्रतिभा चौधरीको । उनीहरुको जोडीले अहिले सामाजिक सञ्जाल तताएको छ । उनीहरुका हरेक भिडियो युट्युबमा सर्वाधिक अगाडि छन् ।

यसैबीच, एउटा अर्का व्यक्ति पनि केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हुन्- चितवनका फुर्साङ बोमजन । फरक अनुहारकै कारण उनी चर्चाको शिखरमा छन् । फूसाङको अनुहार प्राकृतिक रुपले भने यस्तो होइन ।

फुर्साङले नै आफ्नो अनुहार यस्तो बनाएका हुन् । अरुभन्दा फरक हुन खोज्ने फुर्साङले यस्तो अनुहार बनाएको धेरै भएको छैन । करिब ४ महिनाअघि मात्र उनले यस्तो अनुहार बनाएका हुन् । फुर्साङले कान, जिब्रो, नाक, गाला, ओठलगायत अनुहारका धेरै भागमा छेडेका छन् । र, मुन्द्रा लगाएका छन् ।

फुर्साङको यस्तो भिन्न किसिमको लुक्सले प्रहारी खोरसम्म पुगेको बताए । आफ्नो यस्तो लुक्स देखाउँदा ममीले झुण्डिएर मर्नेसम्म भन्नुभएको बताए ।कुलतको नशामा लागेर मरेर फेरि पुनर्जन्म पाएको बताउने फुर्साङ आफूले जिन्दगीमा धेरै गल्ती गरेको र अब त्यस्तो गल्ती नगर्ने भन्दै कुलतमा लागेको युवालाई सही बाटोमा हिँड्न आग्रह गरेका छन् ।

फुर्साङले यस्तो अनुहार कसरी बनाए ? यस्तो अनुहार बनाउनको कारण के हुन् ? कस्तो गाह्रो ! यस्तो अनुहार बनाएर समाजमा घुलमिल हुन र ? लगायत थुप्रै प्रश्नको जवाफ सुन्न र हेर्न यो भिडियो हेर्नुस्–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: