ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु

चितवन, मङ्सिर २ ।

भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी ४ वर्षीय छोरा अहिल आलम रहेका छन् ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोकको चौतारामा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाबुछोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहेका छन् ।

याे पनि पढ्नुस  नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ जनाको मृत्यु

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस

कमेन्ट गर्नुहोस्