Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्वस्थ स्वास्थ्यका लागि फर्सी खानुको यस्ता छन् फाइदा !

फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी नै हुन्छ ।

फर्सीको मुन्टा र डल्लोमा भिटामिन ए प्रशस्त पाइन्छ । यसले कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा समेत काम गर्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फर्सीले काम गर्छ ।

त्यस्तै पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

फर्सीको कैडाभित्र बियाँ र गुदी हुन्छ । बियाँको अचार स्वादिष्ट हुन्छ । फर्सीको बियाँले शरीरमा भएको पत्थरी निकाल्न सघाउँछ । साथै यसले ओठ फुटेको, चिरिएको तथा सुख्खापनलाई निको बनाउँछ ।

पहेंलो फर्सी खानाले शरीरमा ऊर्जा प्राप्त हुन्छ । फर्सीमा गुलियो पानीको मात्रा बढी हुने भएकाले मोटाउने रहर गर्नेका लागि फाइदाजनक हुन्छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: