Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइतबार सन्दिप लामिछाने टी–१० लिगका लागि युएई प्रस्थान गर्दै

काठमाडौं, मंसिर २ ।

नेपाली क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना हुने टी–१० लिगका लागि आइतबार युएई प्रस्थान गर्दैछन् ।

२१ नोभेम्बरबाट सुरु हुने टी–१० लिगका लागि सन्दीपले केरला किंग्सबाट खेल्न युएई जान लागेका हुन्। केरलाले २१ नोभेम्वरमा पख्तुनको सामना गर्ने छ ।

सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो । लिगमा कुल ८ टिम सहभागिता रहेको छ । मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् । लिगको खेल १० ओभरको हुनेछ ।

सन्दीपको टिममा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्विर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन् ।

यसैबीच, सन्दीप लामिछानेलाई थाइ सुट फिट्स प्राइभेट लिमिटेडले शनिबार ब्रान्ड एम्वासडरमा नियुक्त गरेको छ । उनलाई थाइ सुटले एक वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । सम्झौतामा सन्दीप र थाइ सुटका सिइओ ओमभक्त योगीले हस्ताक्षर गरे । सन्दीपले इन्डियन प्रिमियर लिग २०१९ खेल्ने पनि पक्का भैसके छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: