Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एभरेष्ट इन्स्योरेन्सको कारोबार रोक्न लगानीकर्ता संघको नेप्सेलाई आग्रह

काठमाडौं, मंसिर २ ।

लगानीकर्ताका संघहरुले संयुक्त टोलीले नेप्से प्रमुख चन्द्रसिंह साउदलाई भेटेर एभरेष्ट इन्स्योरेन्स कम्पनीको कारोबार रोक्न माग गरेका छन् ।

लगानीकर्ताका संघहरुले संस्थापक हकप्रद शेयरलाई साधारण शेयरको मूल्यमा समायोजन गरेको भन्दै त्यसलाई रद्ध गर्न नेप्सेलाई दबाब दिएका हुन् । उनीहरुले मूल्य समायोजन नेप्से आइतबार ११ बजेदेखि नै कारोबार रोक्न तथा समायोजित मूल्यमा यसअघि भएका कारोबारलाई समेत रोक्न आग्रह गरेका छन् ।

लगानीकर्ताले संस्थापक शेयरको मूल्य समायोजन नेप्से एक्लैले मात्र नगरि व्यवहारिक पक्षबाट हेर्न आग्रह गरेका हुन् । यसअघि एभरेष्ट इन्स्योरेन्सले पनि साधारण शेयरमा संस्थापक हकप्रदलाई समायोजन नगर्न आग्रह गर्दे नेप्सेलाई पत्राचार गरेको थियो ।

१०५ प्रतिशत संस्थापक हकप्रदको बुकक्लोज भएपछि नेप्सेले एभरेष्टको साधारण शेयरमा संस्थापक शेयरलाई समायोजन गरेको थियो । सो लगत्तै लगानीकर्ताहरुले मूल्य समायोजन व्यवहारिक नभएको भन्दै नेप्सेमा पुगेर ध्यानाकर्षण गराउँदै आएका छन् । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: