Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कस्तो निर्दयी बाबुः श्रीमतीलाई गोली, छोरालाई खुकुरी प्रहार !

रुकुम पश्चिम, मंसिर २ । रुकुम पश्चिममा एक व्यक्तिले भरुवा बन्दुक र खुकुरी प्रयोग गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४६ वर्षीय सत्यबहादुर बुढाले राति सुतेको समयमा बन्दुक र धारिलो खुकुरी प्रहार गरी श्रीमती र कान्छा छोराको हत्या गरेका छन् ।

बुढाले ४१ वर्षीया श्रीमती इन्द्रकलालाई भरुवा बन्दुक र ११ वर्षीय कान्छा छोरा प्रकाशलाई कुखुरी प्रहार गरी हत्या गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुमित खड्काले श्रीमती र छोरालाई हत्या गर्ने बुढालाई प्रहरी नियन्त्रणमा लिएको बताए ।

अत्याधिक रक्सी सेवन गरेका बुढा आफैँले पनि आफ्नो घाँटि रेटेर आत्महत्या प्रयास गरेको डीएसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: