भिन्तुना र्याली निकालेर शंखधर दिवस मनाइयो

काठमाडौँ, मङ्सिर २ ।

नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आइतबार राजधानीमा ‘शंखधर दिवस’ मनाइयो ।

विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नुभएपछि नेवार समुदायले आजका दिनलाई शंखधर दिवसका रुपमा मनाउँदै आएको छ ।

कामपा वडा नं १५ लखुतीर्थमा आज डा चुन्दा बज्राचार्यको सभापतित्वमा एक सभाको आयोजना गरी साख्वाःको प्रतिमामा श्रद्धासुमन अर्पण गरिएको थियो । नववर्ष नेपाल संवत् ११३९ प्रारम्भ भएको खुशियालीमा आइतबार बिहान बसन्तपुर डबलीबाट निकालिएको बाजागाजा सहितको एक विशाल र्याली शहरको भित्री भागको परिक्रमापछि सभास्थल पुगेको थियो । र्यालीमा काठमाडौँका विभिन्न टोलका साहित्यिक, साँस्कृतिक तथा सामाजिक सङ्घसंस्थाका साथै जनसाधारणको सहभागिता थियो ।

याे पनि पढ्नुस  जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री थापा

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले साख्वाःको प्रतिमामा माल्र्यापण गरी बसन्तपुरबाट उक्त भिन्तुना र्यालीको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले राष्ट्रको मौलिक संवत् नेपाल संवत्को जगमा टेकेर इतिहासका अन्य सम्पदाहरुको संरक्षणमा जुट्न आह्वान गरे । राष्ट्रको पहिचान बोकेको नेपाल संवत्लाई साँघुरो दायराबाट मुलुकका कुनाकाप्चासम्म फैलाउन आवश्यक रहेको पनि उहाँले औँल्याए ।

याे पनि पढ्नुस  ७ एल्बम लोकार्पण, साहित्यिक तथा सांगीतिक विमर्श अभियान सम्पन्न

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमाले समितिद्वारा तय गरिएका विविध कार्यक्रममा सक्रिय सहभागी भर्इ दिन सर्वसाधारणमा आग्रह गरे ।

यसअघि उपप्रधानमन्त्री पोखरेलले मरु टोलस्थित पुनःनिर्माण गर्न लागिएको ऐतिहासिक काष्ठमण्डप स्थलको निरीक्षण गरेका थिए । उनलाई जनस्तरबाट गठित काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष प्रदेश सांसद राजेश शाक्यले पुनःनिर्माणका लागि भइरहेका कार्यबारे जानकारी दिएका थिए ।

याे पनि पढ्नुस  रेल इन्जिनियरका लागि लोकसेवा आयोगसँग आवश्यक जनशक्ति छैन

संघीय सांसद द्वय कृष्णगोपाल श्रेष्ठ तथा जीवनराम श्रेष्ठ र प्रदेश सांसद वसन्त मानन्धर पनि उक्त टोलीमा सम्मिलित रहेका छन् । रासस

कमेन्ट गर्नुहोस्