प्रार्थना स्थलमा बम आक्रमण, ३ जनाको मृत्यु

अमृतसर, भारत । भारतको पन्जाब राज्यको प्रमुख सहर अमृतसरको राजासांसी भन्ने ठाउँमा रहेको सन्त निरंकारी भवनमा आइतबार भएको ग्रेनेड आक्रमण र गोलीबारीमा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

आइतबार बिहान ११ बजे भएको उक्त घटना हुँदा उक्त भवनमा सत्संग चलिराखेको र उक्त समय त्यहाँ लगभग अढाई सय जनाको उपस्थिति रहेको भारतीय मिडियाले जनाएको छ ।

याे पनि पढ्नुस  चीन र भारतबीच सीमामा तनाव बढ्दैं

पंजाब प्रहरीका महानिरीक्षक सुरिंदर पाल सिंहका अनुसार प्रारम्भिक जाँचबाट मोटरसाइकलमा चढेर आएका दुई आक्रमणकारी ग्रेनेड त्यहाँ फालेर फरार भएका थिए ।

प्रहरीले यस घटनामा विदेशी चरमपन्थी संगठनहरूको हात हुन सक्ने आशंका गरेको छ । उक्त घटनापछि दिल्लीस्थित निरंकारी भवनको सुरक्षा बढाइएको बताइएको छ ।

याे पनि पढ्नुस  सेंचुरियन टेस्टको तेस्रो दिन, दक्षिण अफ्रिकाले लियो अग्रता

सन्त निरंकारी भवन सन्त निरंकारी मिसनको सत्संग स्थल हो । लगभग ८८ वर्षअघि भारतमा स्थापना भएको उक्त मिसनका थुप्रै सत्संग भवन नेपालमा समेत रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्