Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पब्लिक इनोभेटर ई.कँडेल माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहणमा उपस्थित

माल्दिभ्स, मङ्सिर २ ।

पब्लिक इनोभेटर ई. कँडेल माल्दिव्सको राष्ट्रपतीय शपथ ग्रहणमा उपस्थित भई नवनिर्वाचित राष्ट्रपति ईब्रहाइम मोहम्मद सोलिह तथा उपराष्ट्रपति फैसले नसीमलाई सफलकार्यकालको लागि शुभकामना दिएका छन् ।

कँडेलका अनुसार यही अक्टोबर १७ तारिक ५ बजे माल्दिभ्सको माले शहरमा राष्ट्रपतिय शपथ ग्रहण समारोह भएको हो ।

२९ सेप्टेम्बर २०१८ मा माल्दिभ्सको निर्वाचन आयोगले आधिकारिक रूपमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिह र फैसले नसीमलाई क्रमशः राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।

कँडेलले माल्दिव्स सरकारसँग नागरिक उड्ययन क्षेत्रको विकास र स्तरोन्नतीलाई प्राथमिकता दिँदै अगाडि बढ्ने ईच्छा व्यक्त गरेका छन् । उनले भने, ‘यो कुरा मैले स्वयम् नवनिर्वाचित राष्ट्रपति ईब्रहाइमलाई भेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले माल्दिभ्सको नागरिक उड्ययनको अवस्थालाई दिँदै आएको ६५.८२ प्रतिशत अंकलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउने मेरो उद्देश्य भएको प्रष्टसँग राखेको छु ।’ उनले थपे, मेरो समरोहमा नागरिक उड्ययनमन्त्रीसँग पनि यो बारेमा छलफल भएको छ ।

कँडेलले भने, “नेपालमा आधिकारिक रुपमा दर्ता गरिएको कँडेलको थिन्क ट्यांक ‘दिपेन्द्र कँडेल ईनिसियटिभ’ ले दक्षिण एसियाली तथा दक्षिण अफ्रिकी देशहरुको स्तरोन्नति लागि युएईको महामहिम शेख मोहम्मद बिन रसिद अलमोक्तुमद्धारा गठित थिंक ट्यांक ‘मोहम्मद बिन रसिद स्कुल अफ गभर्मेन्ट’ को सहकार्यमा काम गर्ने भएकाले पनि आफूसँग सहकार्य गर्न माल्दिभ्स सकारात्मक भएको हुनुपर्छ ।’ कँडेलले समारोहमा उपस्थित विभिन्न मुलुकका राजदूत, माल्दिभ्सका पूर्वराष्ट्रपति तथा विभिन्न विशिष्ठ व्यक्तिहरुसँग पनि आफ्नो संस्था दिपेन्द्र कँडेल ईनिसियटिभको कामबारे कुरा गरेको पनि वताएका छन् ।

कँडेलले आफ्नो माल्दिभ्स बसाईको क्रममा विभिन्न पेशामा कार्यरत नेपालीसँग पनि भेट्ने जानकारी दिएका छन् । उनले भने, “माल्दिभ्स सरकारले सम्मान स्वरुप गरेको निमन्त्रणालाई स्विकार गरेर संस्थाको मात्र नभएर समग्र नेपालको प्रतिनिधित्व गर्ने अवसर मिलेकोमा आफूलाई भाग्यमानी ठानेको छु तर सबैजसो देशका प्रतिनिधि र छिमेकी राष्ट्र भारतबाट सम्मानीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत आएको कार्यक्रममा नेपालको तर्फबाट कुनै प्रतिनिधि नदेख्दा दुःख लाग्यो । उनले थपे, “लगभग ५००० भन्दा बढी नेपाली रहेको देशमा नेपाली राजदुतावास नहुनु तथा दक्षिण एसियाली राष्ट्रको प्रमुखको शपथ ग्रहणमा आफ्नो प्रतिनिधि नपठाउनुले नेपाल र माल्दिव्स बिचको सम्बन्ध नराम्रो हुनसक्ने हुँदा यो बारेमा आफू फर्केपछि नेपाल सरकारसँग कुरागर्ने सोचेको छु ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: