डढेलोमा परी मर्नेहरूको संख्या ७६ पुग्यो, ट्रम्पले गरे स्थलगत भ्रमण

न्यु योर्क । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोमा परेर मर्नेहरूको संख्या ७६ पुगेको छ । इतिहासमै सबैभन्दा भीषण मानिएको उक्त आगलागीमा एक हजार ३ सय जना बेपत्ता रहेका छन् ।

क्यालिफोर्नियाको बुट्टे काउन्टीका शेरिफ कोरी होनियाले चार जनालाई हालसम्म बचाइएको भए पनि बेपत्ता हुनेहरूको संख्या निरन्तर बढ्दै गैरहेको छ । उनले भने ‘बेपत्ता भएकाहरूको वास्तविक संख्या पत्ता लगाउने काम भैराखेको छ ।’

याे पनि पढ्नुस  सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकाको संकेत, रुस र चीन जस्ता प्रतिस्पर्धीमा केन्द्रित

शनिवारमात्र यस दुर्घटनाको शिकार भएका ५ जनाको शव बरामद गरिए पछि यस दुर्घटनामा मारिनेहरूको संख्या ७६ पुगेको हो ।

स्थलगत भ्रमणमा राष्ट्रपति ट्रम्प

शनिबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीको स्थलगत भ्रमण गरेका छन् । राष्ट्रपतिले दक्षिण क्यालिफोर्नियाको समेत भ्रमण गरेको बताइएको छ । त्यहाँ दमकलकर्मीहरूले आगो नियन्त्रण गर्ने काममा सफलता प्राप्त गरिसकेको बताइन्छ ।

याे पनि पढ्नुस  खुलेआम यौन क्रिडा गर्दागर्दै पक्राउ

राष्ट्रपतिले उक्त भ्रमणमा जानुपूर्व आफू लगातार उद्वार कार्यका लागि चलाइएको अभियानको निगरानी गरिराखेको भन्दै यस स्थितिसँग जुधिरहेका दमकलकर्मी लगायत अन्यलाई धन्यवाद ज्ञापन गरेका छन् ।

८ नोभेम्बरमा उत्तरी क्यालिफोर्नियाका जंगलहरूमा सुरु भएको आगलागीमा परेर १० हजार बढी घरहरू नष्ट भइसकेका छन् भने यसबाट ६ हजार वर्गकिलोमिटर क्षेत्रमा प्रत्यक्ष रूपमा क्षति पुगेको छ ।

याे पनि पढ्नुस  उत्तर कोरियाले दियो धम्की: अमेरिकाले जिस्काउन जारी राखे समस्या हुने

राज्यका कयौं क्षेत्रहरूमा आपातकालीन स्थिति रहेको छ भने दमकलकर्मीहरू लगातार आगो निभाउने काममा संघर्षरत छन् ।

यस आगलागीबाट अढाई लाख मानिस विस्थापित भएको जनाइएको छ । अमेरिकी अधिकिआरीहरूले यस आगलागीको नाम ‘क्याम्प फायर’ राखेका छन् ।

उक्त आगलागीमा थुप्रै बस्तीहरू खरानी भएकाले मर्नेहरूको संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ ।

एजेन्सी

 

कमेन्ट गर्नुहोस्