Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेस छाडेर माओवादी बनेका बाबुराजा फेरि कांग्रेसमै

बिराटनगर, मंसिर २ । नेपाली कांग्रेसले २०७० सालको स‌ंविधानसभा निर्वाचनमा टिकट नदिएपछि तत्कालीन माओवादीमा पुगेका नेता बाबुराजा ओझा फेरि कांग्रेसमै फर्किएका छन् ।

२२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका उनी सं‌विधान सभाको टिकट नपाएपछि तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेर मोरङ क्षेत्र नम्बर ६ मा स‌ंविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।

पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग उनी पराजित भएका थिए । कांग्रेसले आफ्नो साख जोगाउनै नसक्ने भन्दै माओवादीमा पुगेका ओझालाई जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले पार्टीमा भित्र्याए ।

ओझालाई तीन कोइराला नेताहरु शेखर, शशांक र सुजाताले एक साथ पार्टीमा स्वागत गरेका हुन् । ओझाले २०७० सालको चुनावमा क्षेत्रबाटै सर्वसम्मत आफ्नो नाम सिफारिस गरेको अवस्थामा कांग्रेसले गुटबन्दी गरेर आफूलाई टिकट नदिएको भन्दै माओवादीमा पुगेका थिए ।

कांग्रेस फर्किएका ओझा नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सचिव हुन्। दोस्रो संविधान सभा निर्वाचनमा जिल्ला सचिवको जिम्मेवारीमा रहेकोलाई बाइपास गरेर अर्कैलाई टिकट दिएको भन्दै ओझा माओवादीमा हिँडेका थिए ।

ओझाले कांग्रेसमा फर्कने क्रममा असन्तुष्टिले माओवादीमा गए पनि आफ्नै घर प्यारो भन्दै त्यो भुललाई क्षमा गर्न आग्रह गरेका छन् । उनलाई माओवादीले तत्कालै टिकट दिएर महेश आचार्यविरुद्ध चुनावी मैदानमा उतारेको थियो । अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: