Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओली सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गर्‍योः डा. संग्रौला

जनकपुरधाम, मंसिर २ । नेपाली कांगेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गरिरहको आरोप लगाएकी छन् । नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धमा राय–सुझाव संकलनका लागि आयोजित प्रदेश नं २ स्तरीय कार्यशाला गोष्ठीमा उनले सो आरोप लगाएकी हुन् ।

हिंसा, बलात्कार, हत्या, महँगी, भ्रष्टाचार, मौलिक अधिकार, कर वृद्धि, प्रेस स्वतन्त्रता तथा न्यायपालिकामाथिका आक्रमणप्रति सरकारको उदासीनताले लोकतन्त्रमाथि खतराको कालो बादल मडारिरहेकाले नेपाली काङ्गे्रस मौन बस्न नहुने धारणा पनि उनले राखिन् ।

उनले कांग्रेसले अर्जुनदृष्टिका साथ सरकारी पक्षको द्वैध चरित्रविरुद्ध ऐक्यबद्ध हुनुपर्ने खाँचो औँल्याउँदै मधेश केन्द्रित दल कम्युनिस्ट सरकारको भ्रमजालमा परी मधेशी जनताको मुद्दालाई ओझेलमा पारेको बताइन् । सरकारले प्रदेश सरकारलाई औचित्यहीन बनाउँदै संघीयतालाई नै धरापमा पारेको भन्दै उनले कांग्रेसले लोकतन्त्र तथा सङ्घीयताको रक्षा गर्न अग्रसर हुन जरूरी भएको धारणा राखिन् ।

वरिष्ठ पत्रकार एवं राजनीतिक मस्यौदा समितिका सदस्य हरिहर विरहीले लोकतन्त्रको पर्याय नेपाली कांग्रेस भएकाले कांग्रेसलाई ऊर्जाशील बनाउनुपर्ने खाँचो रहेको बताए । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: