Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुदूरपश्चिममा लगानी गर्नुस्, प्रतिफल लिनुस्ः मन्त्री बोहरा

चितवन, मसिंर २ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगीरव्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन् ।

पत्रकारहरुसँग आइतबार यहाँ कुराकानी गर्दै उनले यस क्षेत्रका उद्योगीरव्यवसायीलाई सुदूरपश्चिममा लगानी गरेर प्रतिफल लिन आग्रह गरे ।

बोहोराले दुईतीन महीना भित्रमा आवश्यक ऐन पारित गरी लगानी सम्मेलन गर्न लागिएको पनि जानकारी दिए । नयाँ उद्योगहरुलाई करको दरमा छुट दिइने भन्दै उनले सुदूरपश्चिम लगानीका लागि राम्रो प्रतिफल दिने क्षेत्र बन्ने बताए ।

जलविद्युत्, पर्यटन, केबुलकार, हवाई सेवा, उच्च मूल्यका जडीबुटीको विकास र विस्तार, कृषि र पशुपक्षी पालनमा सुदूरपश्चिम बढी सम्भावना रहेको उनको भनार्इ थियो ।

चितवनमा रहेका धेरै उद्योगीरव्यवसायीलाई प्रदेश सरकारले उद्योगका लागि स्थान तोकेर भाडामा जग्गा उपलब्ध गराउने पनि उनले बताए ।

मन्त्री बोहोराले अन्तर प्रदेशका बीचमा समन्वय गरेर काम गरेमा सबै प्रदेशलाई फाइदा पुग्ने उल्लेख गर्दै यसबाट ऐन कानूनहरु, नियमावली, कार्यविधिमा एकरूपता दिन सकिने बताए । अन्तर प्रदेश बीचमा निर्भरता बढाउनुपर्ने भन्दै उनले एक प्रदेशले अर्को प्रदेशमा सम्भावित क्षेत्रहरुमा लगानी बढाउनुपर्ने बताए । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: